Province Government

Lumbini Province

Ministry of Energy,Water Resources And Irrigation

Water Resources and Irrigation Development Division

Rolpa,Nepal

Objectives

उदेश्यहरु 
 
जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय रोल्पाको मुख्य उदेश्य निम्न प्रकार छन् :
रोल्पा जिल्लामा उपलव्ध जलस्रोतको समुचित उपयोग गरी सिंचाइ क्षेत्रको दिगो विकास एवं विस्तार गर्दै कृषि उत्पादकत्वको अभिवृद्धि गर्ने ।
रोल्पा जिल्लाको कृषि योग्य जमिनमा सिंचाइको विकास तथा विस्तार गरी वर्षैभरी भरपर्दो सिंचाइ सुविधा पुर्‍याउने ।
सिंचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापनका लागि निर्मित संरचनाहरूको समयमै उचित मर्मत संभार गरी दिगो र भरपर्दो बनाउने ।
निर्माण संपन्न भइ संचालनमा रहेका मझौला सिंचाइ प्रणालीहरुको दक्षता (Efficiency) बृद्धि तथा उपभोक्ताहरुको क्षमता विकास गरी सिंचाइ सेवालाइ दिगो, भरपर्दो र प्रभावकारी वनाउन सिंचाइ प्रणालीहरुको पुर्ण रुपमा ब्यवस्थापन हस्तान्तरण गर्दै जाने ।
नदी तथा जलाधार व्यवस्थापनका लागि उपयुक्त प्रविधिको विकास तथा प्रयोग आवश्यक संरचनागत तथा गैरसंरचनागत कार्य गरी जल उत्पन्न प्रकोपबाट हुने क्षति न्यूनिकरण गर्ने साथै जोखिम रहित जग्गा उकास गर्ने ।
मझौला तथा साना प्रकृतिका पहिरोहरुको ब्यवस्थापनका लागि आवश्यक अध्ययन, अनुसन्धान र संरचनागत तथा गैरसंरचना गत कार्य गरी जनधनको क्षति न्यूनिकरण गर्ने ।
सिंचाइ तथा जलउत्पन्न प्रकोप व्यवस्थापनका पुर्वाधार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीको विकास तथा सुदृढीकरण गर्ने ।