बि.सं. २०४५ साल देखि सिंचाइ बिभाग अन्तर्गत जिल्ला सिंचाइ कार्यालय रोल्पाको स्थापना भएको हो । स्थानीय स्वायत शासन ऐन, २०५६ जारी भइ लागु भए पछि वि.सं. २०५८ मा सिंचाइ विभागको संरचनात्मक फेरबदल भए पश्चात् २०७२ सम्म रोल्पा जिल्लामा सिंचाइ सम्बन्धि योजनाहरु मध्यपश्चिमाञ्चल सिचाइ विकास डिभिजन कार्यालय नं ४ प्यूठान र जलउत्पन्न सम्बन्धि योजनाहरु जलउत्पन्न प्रकोप नियन्त्रण सव डिभिजन कार्यालय नं. ३ दाङ्ग बाट हुदैँ आएकोमा बि.सं. २०७२ साल भाद्र देखी मध्य पश्चिमाञ्चल क्षेत्रिय सिंचाइ निर्देशनालय अन्तर्गत सिंचाइ विकास डिभिजन कार्यालय रोल्पाको स्थापना भई सिंचाइ सम्बन्धि कार्यहरु हुदैँ आएका थिए । जलउत्पन्न प्रकोप व्यवस्थापन सम्बन्धि कार्यहरु जल उत्पन्नप्रकोप व्यवस्थापन डिभिजन प्यूठान बाट हुदै आएका थिए ।
नेपालको संविधान, २०७२ ले परिलक्षित गरे अनुसार जलस्रोत, सिंचाइ तथा जल उत्पन्न प्रकोप व्यवस्थापन सम्वन्धि केन्द्रिय स्तरका ठुला आयोजना तथा परियोजनाहरु, अन्तर प्रदेशिय बहुउपयोगि आयोजनाहरू, अन्तरदेशिय सरोकार रहने बहुउद्देश्यीय आयोजनाहरूको तर्जुमा, नीति निर्माण, कार्यान्वयन तथा अनुगमनमा संघबाट गर्नुपर्ने कार्यहरूको लागि साविकका सिंचाइ विभाग र जलउत्पन्न प्रकोप व्यवस्थापन विभाग खारिज भई बि.सं. २०७४ मा जलस्रोत तथा सिंचाइ विभागको स्थापना भयो भने प्रदेश स्तरका मझौला तथा साना सिंचाइ सम्बन्धि सम्पूर्ण कार्य सिंचाइ योजना मर्मत संभार साथै मझौला तथा साना जलउत्पन्न प्रकोप सम्बन्धि कार्य गर्न प्रदेश सरकार लुम्बिनी प्रदेश तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय रोल्पाको स्थापना भएको हो।हाल यो कार्यालय प्रदेश सरकार लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गत रहेको छ । यस कार्यालयको कार्यक्षेत्र लुम्बिनी प्रदेश रोल्पा जिल्ला रहेको छ ।